सोमबार, चैत ९, २०८२

३२ हजार भाइल रेम्डेसिभिर आज नेपाल ल्याइँदै

कोभिडविरुद्ध प्रयोग गरिदै आएको औषधि रेम्डेसिभिरको ३२ हजार भाइल इन्जेक्सन बंगलादेशबाट आज नेपाल आइपुग्ने भएको छ। 
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं – कोभिडविरुद्ध प्रयोग गरिदै आएको औषधि रेम्डेसिभिरको ३२ हजार भाइल इन्जेक्सन बंगलादेशबाट आज नेपाल आइपुग्ने भएको छ। 

नेपालबाट जाने चार्टर विमानले आज बेलुकासम्म सो परिमाणको रेम्डेसिभिर ल्याउने औषधि व्यवस्था विभागले जनाएको छ। बंगलादेश सरकारले अनुदानमा उपलव्ध गराएको १० हजार र आयान हेल्थ केयर प्रालिले ल्याउने २२ हजार गरी कूल ३२ हजार भाइल रेम्डेसिभिर लिन हिमायल एयरलाइन्सको विमान बंगलादेश जाँदैछ। सो विमान आजै बेलुका नै नेपाल फर्किने बाताइएको छ। 

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले आज ३२ हजार भाइल रेम्डेसिभिर काठमाडौं आइपुग्ने बताए। उक्त मात्राको औषधि आएपछि तत्कालको लागि देखिएको अभाव पूर्ति हुने उनले बताए।

प्रकाशित: May 11, 2021| 05:29 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्