शुक्रबार, कात्तिक २८, २०८२

निफमा ‘आमा खान्डो’ उत्कृष्ट फिल्म

‘विश्वका कथाहरूको उत्सव’ नारासहित सुरु भएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणमा राष्ट्रिय प्रतिस्पर्धातर्फ ‘आमा खान्डो’ उत्कृष्ट फिल्म घोषित भएको छ।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं - ‘विश्वका कथाहरूको उत्सव’ नारासहित सुरु भएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणमा राष्ट्रिय प्रतिस्पर्धातर्फ ‘आमा खान्डो’ उत्कृष्ट फिल्म घोषित भएको छ। डान्डुप छिरिङको निर्देशनमा बनेको यो फिल्मले उत्कृष्ट निर्देशकको विधामा पनि अवार्ड हात पार्‍यो।

National life

सोमबार सम्पन्न महोत्सवमा उत्कृष्ठ लघु चलचित्र अवार्ड अन्र्तगत राजेश प्रसाद खत्रीको ‘अ स्केयरक्रो’ले हात पारेको छ। यसैगरि बागमति अवार्ड अन्र्तगत उत्कृष्ट अन्र्तराष्ट्रिय लघु चलचित्र अन्र्तगत कोरीयाका निर्देशक सङ्गबिन बुनको ‘गड्स डटर डान्सेस’ले अवार्ड पाएका छन्। 

मंजुश्री अवार्ड उत्कृष्ट ऐनिमेशनतर्फ फिनल्याण्डका निर्देशक थोमस कुर्तागोले हात पारेका छन् भने उत्कृष्ठ वृत्तचित्रतर्फ गणेश पाण्डेको ‘शिभिल सोल्डर्स’ले हात पारेको छ। 

यसैगरी माउन्ट एभरेष्ट बृतचित्र अवार्ड स्वीजरल्याण्डका निर्देशक एड्रीनो जेकाको ‘रिटर्न टु दि लस्ट एडन’ले पाएको छ।  त्यस्तै गौतमबुद्ध अर्वाड अन्र्तगत भारतीय चलचित्र ‘डिस्नेरी’ले हात पार्‍यो भने उत्कृष्ट लेखनतर्फ ‘सरिता’ले अवार्ड जित्यो। त्यस्तै उत्कृष्ट अभिनेता, अभिनेत्री र छायांकनतर्फको अवार्ड भने फिल्म ‘लाटोकसेरो’ले जित्न सफल भयो।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 11, 2021| 06:44 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्