बिहीबार, भदौ ११, २०८३

बहराइनका राजकुमारसहितको टोलीद्वारा सगरमाथा आरोहण

बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ।

बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले जनाएको छ।

सगरमाथाको आधार शिविरमा रहेका विभागका निर्देशक मीरा आचार्यले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्, “सन् २०२१ मे ११ स्थानीय समय बिहान ६ः४० बजे बहराइनको राजपरिवारका सदस्यसहितको टोली सगरमाथाको शिखर तथा नेपाली गौरव, सान तथा अनुपम सम्पत्ति सगरमाथाको सफल आरोहण गरेको जानकारी प्राप्त भएको छ। सफल आरोहीलाई सगरमाथा जति नै उच्च बधाई।”

बहराइनका अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणमा गएको थियो। उक्त आरोहण टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती छन्।

वसन्तयामको सगरमाथा आरोहण यही वैशाख २४ गतेदेखि सुरु भएको थियो । कीर्तिमानी आरोही कामीरिता शेर्पा नेतृत्वको १२ शेर्पा आरोही टोली आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरोमा पुगे (रोप फिक्सिङ)पछि व्यावसायिक आरोहण सुरु भएको थियो ।

पर्यटन मन्त्रालयका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन् । यसमा ९३ महिला र ३१५ पुरुष छन् । वसन्तयामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथासहितका विभिन्न १९ हिमाल तथा पिक आरोहणका लागि विभिन्न २४ एक्सिपिडिसन कम्पनीमार्फत पर्वतारोही गन्तव्यमा निस्केका हुन् ।

वसन्तयामको हिमाल आरोहणबाट हालसम्म ७१ करोड ४८ लाख रुपैयाँभन्दा बढी रोयल्टी स्ंकलन भएकोे छ । सगरमाथाबाट मात्रै ६६ करोडभन्दा बढी रोयल्टी जम्मा भएको छ ।
 

प्रकाशित: May 11, 2021| 07:08 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।