बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आईसीयू र अक्सिजन अभावमा बुटवलमा एकै दिन ११ जनाको मृत्यु

आईसीयू र अक्सिजन अभावमा बुटवलमा एकै दिन ११ जनाको मृत्यु

समयमै अक्सिजन र आईसीयू बेड नपाउँदा लुम्बिनी प्रादेशिक अस्पतालमा १३ घन्टाको अवधिमा ११ कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

बुटवल- समयमै अक्सिजन र आईसीयू बेड नपाउँदा लुम्बिनी प्रादेशिक अस्पतालमा १३ घन्टाको अवधिमा ११ कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

सोमबार राति ८ बजेदेखि मंगलबार विहान ९ बजेसम्मको अवधिमा आकस्मिक र आईसीयूमा ११ जना संक्रमितको मृत्यु भएको हो। 

मृत्यु हुनेमा ६ जना रुपन्देही, ३ जना कपिलवस्तु, प्युठान र नवलपरासीका १/१ जना रहेको अस्पतालले जनाएको छ। मृत्यु भएकामध्ये १० जना लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका बिरामी हुन्। अक्सिजन र आईसीयू बेड नपाएकै कारण बिरामीको मृत्यु भएको आफन्तले गुनासो गरेका छन्।

एक जनाको भने बुटवल धागो कारखानास्थित कोरोना बिशेष अस्पतालको आईसीयूमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। उनका अनुसार रुपन्देही बुटवल ११ का ४२ वर्षीय पुरुषको सोमबार राति ९:०८ बजे, सैनामैनाका  ४९ वर्षीय पुरुषको सोमबार राती ९ बजे, सैनामैना ३ का ४२ वर्षीय पुरुषको सोमबार राती ८ बजे मृत्यु भएको हो। 

यस्तै बुटवल ११ का ३६ वर्षीय पुरुषको मध्यराती १२:४५ बजे, कञ्चान ४ रुपन्देहीका ३० वर्षीया महिलाको बिहान २:५० बजे र रुपन्देहीका २१ वर्षीया महिलाको बिहान ९:०७ बजे मृत्यु भएको सूचना अधिकारी गौतमले जानकारी दिए।

यसैगरि बुद्धभुमी नगरपालकिा कपिलवस्तुका ४० वर्षीय पुरुषको सोमबार राती १२:३० बजे, बुद्धभुमी कपिलवस्तुकै ४० वर्षीय पुरुषको बिहान ३:३३ बजे, चन्द्रौटा कपिलवस्तुका ३३ वर्षीय पुरुषको सोमबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको हो। कोरोना बिशेष अस्पतालमा उपचाररत प्युठान गौमुखी ७ का ५० वर्षीय पुरुषको भने बिहान ४ बजे मृत्यु भएको सूचना अधिकारी डा. गौतमले बताए। 

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव चरम हुँदै गएको छ। अस्पतालमा बिरामीले नै अक्सिजन खोज्नुपर्ने समस्या देखिएपछि स्थिती भयाभव देखिएको चिकित्सकहरू बताउँछन्। कोरोना संक्रमितको शव व्यवस्थापनमा समेत आफन्तले बेवास्ता गर्दा असहज हुने गरेको छ। 

एकै समयमा ठूलो संख्यामा संक्रमितहरूको हताहती भएपछि शव व्यवस्थापनमा समस्या भएको प्रवक्ता डा. गौतमले बताए। आज थपिएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २८५ पुगेको छ।

प्रकाशित: May 11, 2021| 05:50 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।