भारतमा कोरोना संक्रमित मृतकको संख्या ३ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्यांक अनुसार सोमबार दिउँसोसम्ममा भारतमा ३ लाख ३ हजार ७२० संक्रमितको मृत्यु भएको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा बहुमत सांसद रहेको र उनैलाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले १४६ जना सांसदको सहमति जुटाएको छ।
महान्यायाधिवक्ताको कार्यालयले संविधानमा भएको व्यवस्था र सर्वोच्च अदालतको फैसलाअनुसार नै नागरिकतासम्बन्धी अध्यादेश आएको बताएको छ। आज पत्रकार सम्मेलन गरेर महान्यायाधिवक्ता कार्यालयले यस्तो बताएको हो।
जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित कलैया पिलुवा सडकखण्डको डकाहा भन्ने स्थानमा रौतहटबाट जन्ती बोकेर बसदिलवातर्फ जाँदै गरेको बस बिहान ९:५० दुर्घटनामा परेको हो।