बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधानअनुसार नै अध्यादेश ल्याइएको हो, गैरनेपालीलाई नागरिकता दिने काम हुँदैन : गृहसचिव

संविधानअनुसार नै अध्यादेश ल्याइएको हो, गैरनेपालीलाई नागरिकता दिने काम हुँदैन : गृहसचिव

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले संविधान र सर्वोच्च अदालतकै आदेशअनुसार नागरिता सम्बन्धी अध्यादेश आएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले संविधान र सर्वोच्च अदालतकै आदेशअनुसार नागरिता सम्बन्धी अध्यादेश आएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।

महान्यायाधिवक्ता कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गैरनेपालीलाई नागरिकता दिने काम नहुने भन्दै भ्रममा नपर्न आग्रह गरे।  ‘फिजिकरण गराउने, नागरिकता बेच्ने प्रयास भयो भन्ने हल्लाको पछि नलाग्नुस्,’ उनले भने, ‘अहिलेको अध्यादेशले गैरनेपालीलाई नागरिकता दिने काम हुँदैन।’ समयमा नै नागरिकता सम्बन्धी विधेयक पेश भए पनि अघि बढ्न नसकेकाले अहिले वाध्यतावश अध्यादेश ल्याइएको उनले बताए। 

‘जन्म नेपालमै भएको छ, बुबाको पत्ता लागेको छैन, आमा छन्। तर, उनीहरु अहिलेसम्म अनागरिक भएर बस्नुपरेको छ। जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन मान्दैन। कति अदालतबाट आदेश लिएर नागरिकता बनाउँछन्। अरुको अधिकार खोसिएको छ,’ उनले भने।

उनले पर्पाप्त गृहकार्य गरेर नै अध्यादेश ल्याइएको बताए। बुबाआमाले जन्म वा वंशजका आधारमा नागरिकता पाएका छन् तर, छोराछोरीले नपाउने अवस्था सिर्जना भएकोले अध्यादेश ल्याइएको भन्दै उनले समयमात्र अहिले परेको बताए।

‘यो अत्यन्तै जरुरी अध्यादेश हो। सरकारले अदालतको अवहेलना गरेको मुद्दा खेप्नुपर्थ्यो। केहीले नबुझेर गरेका छन्। नेपाली नठहरेसम्म त नागरिकता नै दिइँदैन नि। कसैको बाबु विदेशी ठहरिए त नागरिकताको प्रकार नै परिवर्तन हुन्छ,’ उनले भने, ‘राज्यव्यवस्था समितिको बैठकमा जे विषयमा छलफल भएर टुंगिएको थियो, संविधान र अदालतले जे आदेश दिएको छ, त्यसै अनुसार काम भएको हो।’

प्रकाशित: May 24, 2021| 08:13 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।