काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् सांसद गगन थापाले केही दिनभित्रमा प्रतिनिधिसभा पुन:स्थापना हुनेमा आफूहरु विश्वस्त रहेको बताएका छन्। सर्वोच्च अदालतमा रिट दायर गर्न हस्ताक्षर गरेर अदालतबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।
‘अदालतले संविधानको धारा र केही महिनाअघि गरेको व्याख्यालाई पनि ध्यानमा राखेर अदालतले दायाँबायाँ केही नगरेर केही दिनभित्र संसद् पुनःस्थापित गर्छ,’ उनले भने, ‘५४ प्रतिशत सांसद उपस्थित भएर हाम्रो संवैधानिक हक प्रयोग गर्न पाऔँ भनेर हामीले भनेका छौं।’
प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति टिप्पणीयोग्य पनि नरहेको भन्दै उनले प्रधानमन्त्री बेसुरको हुन थालेको आरोप लगाए।