बुधबार, भदौ १०, २०८३

खोपका लागि चार देशलाई सरकारको पत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले एक महिनामा कोरोना संक्रमणको दर घट्न सक्ने बताएका छन्। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले एक महिनामा कोरोना संक्रमणको दर घट्न सक्ने बताएका छन्। 

सोमबार मन्त्रालयले आयोजना गरेको भर्चुअल प्रेस व्रिफिङमा मन्त्री त्रिपाठीले अहिले संक्रमणको दर सोचेअनुसार घट्न नसकेको बताएका छन्। 

हाल निशेध आदेश भए पनि पूर्णरुपमा लागु नभएको उनले बताए। खोपको लागि आग्रह गर्दै अमेरिका, रुस र भारतलाई नेपाल सरकारले औपचारिक रुपामा पत्र पठाएको मन्त्री त्रिपाठीले जानकारी दिए।

युरोपेली सङ्घसँग मौज्दातमा रहेको खोप ल्याउने विषयमा पनि छलफल थालेको उनले बताए। त्यहाँका स्वास्थ्य मन्त्रीलाई न्यूनतम ५० लाख किन्ने आग्रह गर्दै पत्र पठाएकोमा केही देशको जवाफ आएको र केहीको नआएको मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए। भारतले उपलब्ध गराउने खोप उपलब्धताको सम्भावना अझै टुटिनसकेको उनले बताए।  

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोभिसिल्डको पहिलो डोज लगाएकालाई दोस्रो डोज १६ हप्तासम्म लगाउन मिल्ने भएकाले उनीहरुलाई सकेसम्म समयावधिमा नै खोप उपलब्ध गराउने बताए।

प्रकाशित: May 24, 2021| 09:58 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।