काठमाडौं - बारामा जन्ती बोकेको बस दुर्घटना भएको छ। जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित कलैया पिलुवा सडकखण्डको डकाहा भन्ने स्थानमा रौतहटबाट जन्ती बोकेर बसदिलवातर्फ जाँदै गरेको बस बिहान ९:५० दुर्घटनामा परेको हो।
ना४ख ४७४९ नम्बरको बस अनियन्त्रित भभएर सडकको बाँया पट्टि खेतमा पल्टिएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले बताए। उनले बसमा ४० जना सवार रहेकोमा दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएको र अन्य केही व्यक्ति सामान्य घाइते भएको बताए।
घाइतेहरूलाई उपचारका लागि वीरगन्ज लगिएको छ। अन्य सामान्य आठ घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया पठाइएको गौतमले जानकारी दिए।
प्रहरीले बस चालक रौतहट चंद्रपुर-८ का ३० वर्षीय अकलेश चौधरी बसलाई जैतापुर प्रहरीको नियन्त्रणमा लिएको छ।
गम्भीर घाइते हुनेमा रौतहट चन्द्रपुर- ६ का ४० वर्षीय मुख्ताफ खातुन, चन्द्रपुर- ९ कै ७ वर्षीय नुसरफ जाहान र सोही ठाउँका १२ वर्षीय रियाज लहेरी रहेका छन्।
यस्तै चन्द्रपुर- ९ कै ४५ वर्षीय आवाश लहेरी, ४५ वर्षका जाकिर हुसेन लहेरी, २३ वर्षीय दिलमहमद लहेरी, ६५ वर्षीय शेषअव्दुल हकिज, ५५ वर्षीय ओसिम महमद लहेरी, २२ वर्षीय बिकाउ अन्सारी र ६२ वर्षका गौरीशंकर बिश्वकर्मा रहेका छन्। उनीहरू सबै जनाको इन्डो अस्पताल बिरगन्जमा उपचार भइरहेको छ।
बाँकी घाइतेहरू कलैया अस्पताल बारामा उपचाररत छन्। रौतहट गुजारा नगरपालिका- ६ वस्ने २४ वर्षीय मुकुदम लहेरी, सोही ठाउँका ७२ वर्षीय सतार लहेरी, ६ वर्षीय महमद गुलाब, ७ वर्षीय जमिर मिया लहेरी, ८ वर्षीय आरमान चुरिहार, १० वर्षीय आरवाज चुरिहा ७० वर्षीय सदिक अन्सारी, १३ वर्षीय सहिद लहेरी र १२ वर्षीय सदाम लहेरी रहेका छन्।