सोमबार, साउन १८, २०८३

‘सीएसएचएल २०२१’ मा नेपाली विद्यार्थीले जिते तीन अवार्ड

नेपालका ५ विद्यार्थीले ‘फर्स्ट ग्लोबल चिल्ड्रेन्स सिम्पोजियम अन हेल्दी लाइफस्टाइल (सीएसएचएल २०२१) मा तीन वटा अवार्ड जितेका छन्।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– नेपालका ५ विद्यार्थीले ‘फर्स्ट ग्लोबल चिल्ड्रेन्स सिम्पोजियम अन हेल्दी लाइफस्टाइल (सीएसएचएल २०२१) मा तीन वटा अवार्ड जितेका छन्।

यो प्रतियोगिता ग्लोबल पिस इन्स्टिच्युटले आयोजना गरेको हो। प्रतियोगितामा माल्दिभ्स, श्रीलंका, पाकिस्तान, नेपाल, जर्जिया र दक्षिण सुडानका गरी करिब एक सय जना विद्यार्थी सहभागी थिए। 

नेपालबाट सहभागी भएको टिम हेल्पफुल हर्टसले  ३ वटा अवार्ड जितेको हो। समूहतर्फ टिम हेल्पफुल हर्टस्, लिडरतर्फ आर्या खरेल र बेस्ट प्रिजेन्टरमा आयशा लकाईंले अवार्ड जितेका छन्। 

६ देखि १० वर्ष उमेर समूहमा नेपालबाट आयुष लकाई, सम्राट प्रसाई, सुयोग पौडेल, आयशा लकाई र देवांशु खतिवडा सहभागी भएका थिए भने टिम लिडरको रुपमा आर्या खरेलले भूमिका निर्वाह गरेकी थिइन्।

२२ मे २०२१ मा जुममार्फत भएको सिम्पोजियमको मुख्य उद्देश्य बालबालिका तथा किशोरकिशोरीलाई स्वस्थ जीवनशैलीबारे आफ्नो धारणा बनाउन सहयोग गर्नु र सक्रिय जीवनशैली अपनाउन उत्प्रेरित गर्नु रहेको आयोजकले बताएको छ।
 

प्रकाशित: May 24, 2021| 08:45 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्