काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले दायर गर्न लागेको रिटमा नेकपा एमालेको माधव झलनाथ पक्षका २३ जना सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका हुन्।
योगेश भट्टराई र गोकर्ण विष्टको भने अहिलेसम्म हस्ताक्षर भएको छैन। उनीहरू सिंहदरबार समेत उपस्थित भएका छैनन्। गठबन्धनले देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्दै रिट आज दर्ता गर्ने दायरको तयारी गरेको छ।
देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्ने क्रममा गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले पनि हस्ताक्षर गरेका थिए। योगेश भट्टराईले भने सो दिन पनि हस्ताक्षर गरेका थिएनन्।
यी हुन् रिटमा हस्ताक्षर गर्ने २३ सांसद
१. विरोध खतिवडा
२. जीवनराम श्रेष्ठ
३. घनश्याम भुसाल
४. सोमप्रसाद पाण्डे
५. कृष्णलाल महर्जन
६. झपट रावल
७. निरादेवि जैरू
८. सरलाकुमारी यादव
९. कल्याणी खड्का
१०. लक्ष्मी चौधरी
११. माधव नेपाल
१२. भीम रावल
१३. कलिला खातुन
१४. रामकुमारी झाँक्री
१५. झलनाथ खनाल
१६. पुष्पा कर्ण कायस्थ
१७. भवानीप्रसाद खापुङ
१८. यज्ञ सुनुवार
१९. सुरेन्द्र पाण्डे
२०. मुकुन्द न्यौपाने
२१. मेटमणि चौधरी
२२. दीपकप्रकाश भट्ट
२३. नारायण खतिवडा