बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चमा मुद्दा हाल्न १४६ सांसदको सहमति जुट्यो, यी हुन् मुख्य माग

सर्वोच्चमा मुद्दा हाल्न १४६ सांसदको सहमति जुट्यो, यी हुन् मुख्य माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा बहुमत सांसद रहेको र उनैलाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले  १४६ जना सांसदको सहमति जुटाएको छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा बहुमत सांसद रहेको र उनैलाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले १४६ जना सांसदको सहमति जुटाएको छ।

उनीहरुले आज नै रिट दर्ता गराउने तयारी गरेका छन्। रिटमाथिको सुनुवाइका लागि संवैधानिक इजलास दाबी गर्ने विपक्षी दलका नेताहरुले बताएका छन्।

गत पुस ५ गते भएको संसद् विघटनविरुद्ध दायर भएका रिटमा संवैधानिक इजलासले नै पुनर्स्थापनाको फैसला सुनाएको थियो।

विपक्षीका माग
– शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश होस 
– केपी ओलीलाई अवैधानिक प्रधानमन्त्री करार गरियोस्
– संविधानको धारा ७६ (५) को व्याख्या होस्
– तत्काल संसद् पुनर्स्थापनाको लागि अन्तरिम आदेश होस् 

प्रकाशित: May 24, 2021| 08:24 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।