बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्च अदालतको फैसला र संविधानबमोजिम नै अध्यादेश ल्याइएको हाे : महान्यायाधिवक्ताको कार्यालय

सर्वोच्च अदालतको फैसला र संविधानबमोजिम नै अध्यादेश ल्याइएको हाे : महान्यायाधिवक्ताको कार्यालय

महान्यायाधिवक्ताको कार्यालयले संविधानमा भएको व्यवस्था र सर्वोच्च अदालतको फैसलाअनुसार नै नागरिकतासम्बन्धी अध्यादेश आएको बताएको छ। आज पत्रकार सम्मेलन गरेर महान्यायाधिवक्ता कार्यालयले यस्तो बताएको हो। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं - महान्यायाधिवक्ताको कार्यालयले संविधानमा भएको व्यवस्था र सर्वोच्च अदालतको फैसलाअनुसार नै नागरिकतासम्बन्धी अध्यादेश आएको बताएको छ। आज पत्रकार सम्मेलन गरेर महान्यायाधिवक्ता कार्यालयले यस्तो बताएको हो। 

‘अनर्गल र नभएको कुराहरू बाहिर आइरहेको छ। संविधानमा भएको व्यवस्थाअनुसार नै आएको हो,’ नायव महान्यायाधिवक्ता पद्मराज पाण्डेयले भने,‘राजनीतिक स्वार्थ वा चर्चा बटुल्न कतिपय मानिसहरूले बंग्याएर व्याख्या गरेको देखिएको छ।’

संविधानमा भएको व्यवस्था र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नका लागि मात्रै अध्यादेश ल्याइएको प्रवक्ता सह-न्यायाधिवक्ता सञ्जीव रेग्मीले बताए।

‘जसरी बाहिर सार्वजनिक टिप्पणी भएको छ, त्यसले महान्यायाधिवक्ता कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘बिलकुलै नयाँ कुरा अध्यादेशमा छैन। संविधानबमोजिम नै अध्यादेशमा विषय उठाइएको छ।’

प्रकाशित: May 24, 2021| 07:49 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।