सोमबार, चैत ९, २०८२

हानीकारक रसायनयुक्त सेनिटाइजर उत्पादन, ३५ हजार लिटर बरामद

द्योगमा उत्पादन भएको ३५ हजार लिटर स्यानिटाइजर जफत गरिएको विभागले जानकारी दिएको छ। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

National life
Laxmi sunrise bank
kumari

ललितपुर- मानव स्वास्थ्यमा हानी पुर्‍याउने रसायन प्रयोग गरी सेनिटाइजर उत्पादन गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। इजाजत नलिइकन ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित शीतल हाइटमा सञ्चालित पर्सा नेपाल इन्डस्ट्रिज प्रालि (सेनिटाइजर उद्योग)का सञ्चालक आशिष प्याकुरेललाई प्रहरीले पक्राउ गरेको हो। 

उद्योगले उत्पादन गरेको सेनिटाइजरमा मिथानोल अल्कोहल नामक रसायन अत्यधिक प्रयोग गरिएको पाइएको छ। आइतबार औषधि व्यवस्था विभागका प्रतिनिधिसहित गएको प्रहरी टोलीले उद्योगमा छापा मारी सञ्चालकलाई नियन्त्रणमा लिएको हो। उद्योगबाट उत्पादित ३५ हजार लिटर सेनिटाइजर जफत गरिएको विभागले जानकारी दिएको छ। 

सञ्चालकलाई नियन्त्रणमा लिएपछि उद्योग सिल गरिएको छ। सञ्चालकमाथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइएको विभागले जानकारी दिएको छ। 

प्रकाशित: May 24, 2021| 08:43 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्