रोजगारीका लागि पानामा पठाउँछु भनी नक्कली ई-भिसासमेत बनाई पटक-पटक गरी १८ लाख ३५ हजार उठाएर फरार भएका थिए। प्रहरीले सोमबार उनलाई टोखाबाट प्रकाउ गरेको हो।
सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएकै दिन सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेको हो।
यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख कृष्ण बहादुर महरा, वर्षमान पुन, प्रवक्ता नारायणकाजी श्रेष्ठ, देव गुरुङ पनि बैठकमा सहभागी छन्।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश जारी गरेपछि फैसलाको पक्ष–विपक्षमा अहिले विभिन्न टिकाटिप्पणी आइरहेका छन्।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरी २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछिको अवस्थामा समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ।
'कांग्रेससहितका ५ दलको बैठक आजै बस्दै छ। अब कांग्रेसलाई समर्थन गर्नेहरूको सरकार बन्छ। आज पावर सेयरिङको विषयमा सरसल्लाह हुन्छ,' डा महतले भने, 'एमालेको एक समूहले हामीलाई समर्थन गरेको छ। सर्वोच्चको...
सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार संसद् पुनर्स्थापना गर्न र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि त्यसको स्वागत र विरोधमा प्रदर्शन भएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन्।
ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए। सर्वोच्चले दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेसँगै ओली राज अन्त्य हुनेछ।
प्रतिनिधिसभा विघटन गर्ने ओली सरकारको निर्णय असंवैधानिक भएको र सर्वोच्च अदालतले त्यसलाई बदर गरी संविधानको रक्षा गरेको उनको भनाय छ। अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गर्न...