काठमाडौं- नेपाली कांग्रेससहितका ५ दलीय गठबन्धनको बैठक सुरु भएको छ। बैठक ५:१५ बजेदेखि सुरु भएको हो।
बैठकमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड सहभागी छन्।
यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख कृष्ण बहादुर महरा, वर्षमान पुन, प्रवक्ता नारायणकाजी श्रेष्ठ, देव गुरुङ पनि बैठकमा सहभागी छन्।
यस्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, रघुजी पन्त सहभागी छन् भने जसपा अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव र राष्ट्रिय जनमोर्चाबाट सांसद दुर्गा पौडेल छन्।
बैठकमा पावर सेयरिङका विषयमा छलफल हुने कांग्रेस नेता डा रामशरण महतले बताएका थिए। यस्तै प्रवक्ताले पनि गठबन्धनको बैठकमा पावर सेयरिङका विषयमा छलफल हुने संकेत गरेका थिए।