काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरी २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछिको अवस्थामा समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ।
बैठकमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता भीम रावल पनि सहभागी भएका छन्। रावल एमाले विवाद समाधान कार्यदलमा नेपाल पक्षका संयोजक थिए। कार्यदलले हिजो मात्रै एमाले एकताका लागि १० बुँदे प्रस्ताव गरेको थियो। तर यसमा नेता नेपालले भने असन्तुष्टि जनाएका छन्।