शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुरुमा सानो मन्त्रिपरिषद् बनाउने ५ दलको निर्णय, मंगलबार बिहान पनि छलफल

सुरुमा सानो मन्त्रिपरिषद् बनाउने ५ दलको निर्णय, मंगलबार बिहान पनि छलफल

माधव नेपालको आयोजना उनको निवास नजिकैको वन पैदावार भवनमा भएको बैठकले यस्तो निर्णय गरेको हो। 
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं- नेकपा एमाले निवास नजिकै बसेको ५ दलको बैठकले सुरुमा सानो आकारको मन्त्रिपरिषद् बनाउने निर्णय गरेको छ।

माधव नेपालको आयोजनामा उनको निवास नजिकैको वन पैदावार भवनमा भएको बैठकले यस्तो निर्णय गरेको नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले जानकारी दिए। 

बैठक मंगलबार बिहान पनि बस्ने र त्यो बैठकले भोलि नै केही मन्त्रीको टुंगो लगाउने उनको भनाइ छ। उनले राष्ट्रिय सरकार बनोस् भन्ने आफूहरूको चाहना रहेको समेत बताए।

बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नयाँ सरकार प्रतिनिधि सभाको बाँकी अवधिका लागि बन्ने बताए। 

यस्तै राजपाका राजेन्द्र श्रेष्ठ र एमाले नेपाल पक्षका रघुजी पन्तले देउवाको नेतृत्वमा सरकार बन्ने भएकाले उनले नै सबैलाई समेटेर जानसक्नुपर्ने धारणा राखेका थिए। 

बैठकमा सहभागी भएका पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा बाबुराम भट्टराईले गठबन्धन सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको जानकारी दिए। यस्तै कोभिडका कारण अर्थतन्त्रमा देखिएको संकट निराकरण र भ्याक्सिनको आपूर्ति तथा व्यवसस्थापनबारे पनि छलफल भएको उनले जानकारी दिए। 'मूलतः गठबन्धनको सरकार प्रभावकारी बनाउने, कोभिडका कारण अर्थतन्त्रमा देखिएका संकट, भ्रष्टाचार न्यूनीकरण र भ्याक्सिनको व्यवस्थापनबारे छलफल भयो,' डा भट्टराईले भने। 

ओलीले राज्यका सबै संरचना ध्वस्त पारेको आरोप लगाउँदै उनले भत्काएका अन्तर्राष्ट्रिय सम्बन्धका संरचनालाई पनि विकास गर्ने उनको भनाइ थियो। बैठकले सर्वोच्च अदालको फैसलालाई स्वागत गर्दै नयाँ सरकार बनाउन लागिपर्ने निर्णय गरेको छ। 

बैठकमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला,  प्रमुख सचेतक बालकृष्ण खाँड सहभागी थिए।

यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख कृष्ण बहादुर महरा, वर्षमान पुन, प्रवक्ता नारायणकाजी श्रेष्ठ, देव गुरुङ पनि बैठकमा सहभागी थिए। 

यस्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, रघुजी पन्त सहभागी छन् भने जसपा अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव र राष्ट्रिय जनमोर्चाबाट सांसद दुर्गा पौडेल थिए। 

बैठकले सर्वोच्चको फैसलालाई ऐतिहासिक भन्दै सर्वोच्च अदालतसहित सबै दल र नागरिकलाई धन्यवाद ज्ञापन गरेको छ।  प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपतिको निर्णय बदर गर्दै सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ। 

प्रकाशित: Jul 12, 2021| 13:09 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।