काठमाडौं– सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएकै दिन सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेको हो।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेबाट लागू हुनेगरी राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी छन्।