आइतबार, जेठ ३, २०८३

शिक्षकले पनि पाउने भए कोरोनाको खोप

सरकारले भोलि (२९ असार) देखि कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो डोज लगाउन सुरु गर्ने भएको छ।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

National life

काठमाडौं– सरकारले भोलि (२९ असार) देखि कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो डोज लगाउन सुरु गर्ने भएको छ। सरकारको यो निर्णयसँगै अब विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारीले पनि खोप लगाउन पाउने भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै शिक्षकहरुलाई पनि प्राथमिकतामा पारेको हो। विश्वविद्यालय र विद्यालयका शिक्षक एवं कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचयपत्रको आधारमा खोप लगाउन दिने निर्णय गरिएको छ।

केही समयदेखि शिक्षकहरुले खोपका लागि सरकारलाई दबाब दिइरहेका थिए। सरकारले हालै चीनबाट ८ लाख डोज भेरोसेल खोप खरिद गरेको छ भने अमेरिकी सरकारले १५ लाखभन्दा बढी जोनसन एण्ड जोनसनको खोप उपलब्ध गराएको छ। 

प्रकाशित: Jul 12, 2021| 12:09 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्