शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता नहोस् : गगन थापा

दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता नहोस् : गगन थापा

प्रतिनिधिसभा विघटन गर्ने ओली सरकारको निर्णय असंवैधानिक भएको र सर्वोच्च अदालतले त्यसलाई बदर गरी  संविधानको रक्षा गरेको उनको भनाय छ। अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गर्न नपाइने उनको भनाइ छ। 
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता नगर्न आह्वान गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरूका अभिव्यक्ति र ओली पक्षका कार्यकर्ताहरूले अदातलको फैसलाविरुद्ध गरेको प्रदर्शनतर्फ लक्षित गर्दै नेता थापाले यस्तो आह्वान गरेका हुन्। 

'उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता कतैबाट नहोस् भन्ने आशा गरौँ। नत्र भिरबाट खस्नेलाई रामराम,' उनको ट्विटमा लेखिएको छ। 

प्रतिनिधिसभा विघटन गर्ने ओली सरकारको निर्णय असंवैधानिक भएको र सर्वोच्च अदालतले त्यसलाई बदर गरी  संविधानको रक्षा गरेको उनको भनाय छ। अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गर्न नपाइने उनको भनाइ छ। 

प्रकाशित: Jul 12, 2021| 09:42 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।