शुक्रबार, कात्तिक २८, २०८२

सर्वोच्चको फैसलापछि कलाकारको टिप्पणी– अचम्मको निर्देशन, अनौठो फिल्म

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश जारी गरेपछि फैसलाको पक्ष–विपक्षमा अहिले विभिन्न टिकाटिप्पणी आइरहेका छन्। 
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश जारी गरेपछि फैसलाको पक्ष–विपक्षमा अहिले विभिन्न टिकाटिप्पणी आइरहेका छन्। 

यसैबीच कलाकार दीपकराज गिरीले देश सत्ता हस्तान्तरणमै रुमल्लिएको तर देशको अवस्था सधैं उस्तै रहेको टिप्पणी गरेका छन्। उनले व्यंग्य गर्दै फेसबुकमा प्रधानमन्त्री जो भए पनि देशको अवस्था उस्तै रहने बताएका छन्। उनले संविधान निर्माण माथि नै प्रश्न उठाउँदै भनेका छन्, ’कठै ४ वर्ष लगाएर कस्तो संविधान बनाएछन्?’

यस्तै, हास्य कलाकार मनोज गजुरेलले पनि सर्वोच्च अदालतको फैसलालाई ‘अचम्मको निर्देशनः अनौठो फिल्म’ भन्दै टिप्पणी गरेका छन्। उनले नेपालका राजनीतिक दलहरुलाई टम एन्ड जेरी, मुसो र बिरालोसँग तुलना गर्दै लेखेका छन्, ‘ओली र अन्य, अदालत र देउवा, त्यसपछि को र को? भविष्यवाणी गर्नुहोस्।’

प्रकाशित: Jul 12, 2021| 11:55 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्