काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार ६८९ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६९० जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ९५ जनाको एन्टिजेन परीक्षणबाट ६० जनामा पुष्टि भएको छ।
सोही अवधिमा १ हजार १३३ जना संक्रमणमुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ। हालसम्म कोरोनासंक्रमण मुक्त हुनेको संख्या ६ लाख २१ ह्जार ७ रहेको छ।