शुक्रबार, भदौ ५, २०८३

कार्यदलले बनाएको प्रतिवेदन ओलीलाई बुझाइयो

नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले बनाएको प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको छ।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं- नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले बनाएको प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको छ।

कार्यदलले गएराति १० बुँदे सहमतिको खाका कोरेको थियो। नेता माधव नेपालतर्फका कार्यदल संयोजक भीम रावलले बालुवाटारमा पुगेर अध्यक्ष केपी ओलीलाई कार्यदलको प्रतिवेदन बुझाएको बताए।

बालुवाटारबाट निस्केर पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै रावलले कार्यदलले बनाएको प्रतिवेदन अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई बुझाउने कार्यक्रमअनुसार आफूले प्रतिवेदन बुझाएर निस्किएको बताए।

साथै रावलले प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गरेर पार्टीको एकतालाई सुदृढ बनाउने दिशातर्फ लैजान आफूले अध्यक्ष ओलीलाई आग्रह गरेको पनि बताए।

बालुवाटारमा ओली पक्षीय स्थायी कमिटीको बैठक बसिरहेका बेला पुगेका नेता रावलले स्थायी कमिटी बैठकमा सहभागी भए नभएको बारे पत्रकारको जिज्ञासामा कुनै जवाफ दिएनन्।

प्रकाशित: Jul 12, 2021| 12:51 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।