प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो ३ बजे आफ्नो निजी निवास बूढानिलकण्ठमा पार्टीको पदाधिकारी बैठक बोलाएका हुन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० जना नेताहरुले पार्टी एकताका नाममा १० बुँदे सहमतिलाई आफ्नो राजनीतिक सेटलमेन्टको रुपमा प्रयोग गरेको ठहर गरेका छन्।
घरमा फोन गर्न पनि कहिलेकाहीँ मात्रै दिइन्थ्यो। त्यो पनि ‘सबै ठिक छ’ भन्न लगाइन्थ्यो। एक-दुई मिनेट मात्रै गफ गर्न दिइन्थ्यो। ‘के भयो अचानक यस्तो?’ भन्दै बुबाआमा रुनुहुन्थ्यो, श्रीमती रुन्थिन्। तर...
सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भिष्मराज ढुंगाना दोषि भएको पर्याप्त आधारहरु रहेकोले कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ।
कर्णाली कोरिडोर सल्ले–सल्ला–सिमिकोट खण्डको दुल्लीकुनादेखि लालीबगरसम्मको १३ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का नेपाली सेनालाई दिने सरकारले निर्णय गरेको छ।
दार्चुलाको मार्मा गाउँपालिका–३ रिल पहिरो क्षेत्रमा माथिबाट खसेको ढुंगा लागेर बा २१ च ७२७९ नम्बरको स्कारपियो र से १ ज ८४९ नम्बरको बोलेरो जीपमा क्षति पुगेको हो।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको गम्भीर आरोप लगाएका छन्।