शुक्रबार, भदौ ५, २०८३

कांग्रेसको पदाधिकारी बैठक बुधबार दिउँसो ३ बजे

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो ३ बजे आफ्नो निजी निवास बूढानिलकण्ठमा पार्टीको पदाधिकारी बैठक बोलाएका हुन्।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार दिउँसो ३ बजे बस्‍ने भएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो ३ बजे आफ्नो निजी निवास बूढानिलकण्ठमा पार्टीको पदाधिकारी बैठक बोलाएका हुन्। 

सरकारमा सहभागी हुने मन्त्रीहरु नामका विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको देउवा निकट एक नेताले जानकारी दिए। 

प्रधानमन्त्री देउवाको प्रस्तावमा सत्तापक्ष गठबन्धनका नेताहरुले मंगलबार परराष्ट्रमन्त्री बनाउन डा. नारायण खड्कालाई सहमति जनाएका हुन्। सहमति जुटेसँगै देउवाले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेका छन्।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरूसँगको सल्लाह बेगर मन्त्री नियुक्त गर्ने निर्णय गरेको भन्दै  मान्य नहुने बताएका छन्।

पौडेल समूहले सुजता कोइरालालाई अघि सार्ने तयारी गरेको छ। पदाधिकारी बैठकमा यस विषमा छलफल हुने भएको छ। 


प्रकाशित: Sep 21, 2021| 21:24 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...