सोमबार, माघ ५, २०८२

हङकङसँग बराबरीमा रोकिँदै एसियन कप छनोटबाटै बाहिरियो नेपाल

एएफसी वुमन्स एसिया कप छनोटको क्वालिफायर राउन्डअन्तर्गत आजको खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको छ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं– एएफसी वुमन्स एसिया कप छनोटको क्वालिफायर राउन्डअन्तर्गत आजको खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको छ। यो बराबरीसँगै अर्को वर्ष भारतमा हुने एएफसी एसियन महिला कप खेल्नबाट नेपाल बञ्चित भएको छ। नेपाली टिम छनोट चरणबाटै बाहिरिएको छ।

National life

छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग २–१ गोलको हार बेहोरेको थियो भने आजको खेलमा बराबरी गरेको छ। फिलिपिन्ससँगको खेलमा नेपालको तर्फबाट विमला चौधरीले १० औं मिनेटमा गोल गरेकी थिइन्।

छनोट खेलमा नेपालको तर्फबाट त्यो एकमात्र गोल रह्यो। एसियन कप खेल्नका लागि नेपाल समूह विजेता हुनुपर्ने थियो। तर, नेपालले दुवै खेलमा जित निकाल्न नसकेपछि समूह विजेता बन्न सकेन्।

आजको खेलसँगै नेपाल र हङकङको समान १–१ अंक छ भने फिलिपिन्सको ३ अंक छ। ऊ अहिले समूह एफको शीर्षस्थानमा छ। अब सेप्टेम्बर २४ को खेलमा हङकङले फिलिपिन्सको सामना गर्नेछ। त्यो खेलको विजेता टिमले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।

यदि त्यो खेल बराबरी भएको अवस्थामा चार अंक बनाउँदै फिलिपिन्स समूह विजेता बन्नेछ। यससँगै दुई दशकपछि एसियन कपको छनोटमा पुगेको नेपालले एसियन कप खेल्ने निकै महत्वपूर्ण अवसर गुमाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 21, 2021| 17:52 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।