शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपालले भने- १० नेताले १० बुँदेलाई आफ्‍नो 'सेटलमेन्ट'को रुपमा प्रयोग गरे

माधव नेपालले भने- १० नेताले १० बुँदेलाई आफ्‍नो 'सेटलमेन्ट'को रुपमा प्रयोग गरे

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० जना नेताहरुले पार्टी एकताका नाममा १० बुँदे सहमतिलाई आफ्नो राजनीतिक सेटलमेन्टको रुपमा प्रयोग गरेको ठहर गरेका छन्।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० जना नेताहरुले पार्टी एकताका नाममा १० बुँदे सहमतिलाई आफ्नो राजनीतिक सेटलमेन्टको रुपमा प्रयोग गरेको ठहर गरेका छन्। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उद्देश्य अदालतमा विचाराधिन मुद्दालाई प्रभावित गर्नु रहेको उल्लेख गर्दै आफ्नो समूहमा रहेका १० जना नेताहरुले पनि उक्त १० बुँदेलाई राजनीतिक सेटलमेन्टको रुपमा प्रयोग गरेको बताएका हुन्। 

मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा उनले पार्टी एकता जोगाउनका लागि भनेर गत असार २७ गते राति गरिएको दश बुँदे सहमति केवल अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न मात्रै गरिएको दाबी गरेका हुन्। 

अध्यक्ष नेपालले एमालेको तत्कालीन कार्यदलले गरेको सहमतिको नियत र भाषासमेत जालझेलपूर्ण रहको भन्दै आलोचना गरेका छन् । उनले त्यतिबेलाको वार्ता फगत नाटक, अलमल्याउने र फसाउने चाल मात्र थियो भनेका छन्।

'हामीले उठाएका मूलभूत विषयहरु, वैचारिक पक्ष, आलोचना र आगामी दिनमा अवलम्बन गरिने निर्णय प्रक्रिया र संगठनात्मक सवालमा केपी ओली आफैंले गरेको सहमति जस्ता विपयलाई छाडेर गरिएको कथित दश बुँदे सहमति केपी ओली पक्षको गम्भीर षडयन्त्रको परिणाम मात्र हो’, प्रतिवेदनमा उल्लेख छ। 

१० बुँदे सहमतिलाई आफू पक्षका नेताहरुले फेस सेभिङका रुपमा प्रयोग गरेको अध्यक्ष नेपालको टिप्पणी छ । उनीहरुले पार्टी एकताका लागि प्रयास गर्नेभन्दा आफ्नो सेटलमेन्ट खोजेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । 

सहमतिका दशवटै बुँदाहरु प्राविधिक प्रकृतिका रहेको उनको भनाइ छ। 'त्यसरी वैचारिक एवं राजनीतिक सवालमा प्रवेश नगरी केवल प्राविधिक बुँदामा मात्रै सहमति गरेर पार्टी एकता हुनसक्दैनथ्यो’, प्रतिवेदनमा भनिएको छ, ’एकता भइहाले पनि दिगो हुँदैनथ्यो।’

प्रकाशित: Sep 21, 2021| 20:16 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...