शुक्रबार, भदौ ५, २०८३

ओली सरकारले राजनीतिक रूपमा नियुक्त गरेका राजदूत फिर्ता हुने

सरकारले केपी शर्मा ओलीको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं– सरकारले केपी शर्मा ओलीको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक रुपमा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

त्यसैगरी सरकारले भारतसँगका सबै नाका खोल्ने निर्णय पनि गरेको छ। स्वास्थ्य मापदण्ड अपनाएर नाकाबाट आवतजावत खुला गर्ने निर्णय भएको हो।

सरकारको निर्णयसँगै अमेरिकाका लागि युवराज खतिवडालगायत अन्य देशहरूमा नियुक्त भएका राजदूत फिर्ता हुने भएका छन् ।

मन्त्रिपरिषद् बैठकले कोभिड नियन्त्रण निर्देशक समिति गठन गर्ने निर्णय पनि गरेको छ। यसअघि ओली सरकारले जारी गरेको कोभिड नियन्त्रण अध्यादेश निष्क्रिय भएका कारण निर्देशक समिति गठन भएको हो। 

बैठकले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने, औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने र कोभिड–१९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने र संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधिमण्डलको छनोट गर्ने निर्णय पनि गरेको छ।

मन्त्रीपरिषद् बैठकले कर्णाली करिडोर अन्तर्गत सल्लीसल्ला–सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ किमि र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३.५ किमि सडकखण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: Sep 21, 2021| 18:19 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...