बुधबार, जेठ २०, २०८३

सडकमाथिबाट खसेको ढुंगा लागेर जिपमा क्षति

दार्चुलाको मार्मा गाउँपालिका–३ रिल पहिरो क्षेत्रमा माथिबाट खसेको ढुंगा लागेर बा २१ च ७२७९ नम्बरको स्कारपियो र से १ ज ८४९ नम्बरको बोलेरो जीपमा क्षति पुगेको हो।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

धनगढी- सडक माथिबाट खसेको ढुंगा लागेर दुईवटा जिपमा क्षति पुगेको छ। दार्चुलाको मार्मा गाउँपालिका–३ रिल पहिरो क्षेत्रमा माथिबाट खसेको ढुंगा लागेर बा २१ च ७२७९ नम्बरको स्कारपियो र से १ ज ८४९ नम्बरको बोलेरो जीपमा क्षति पुगेको हो।

National life

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दका अनुसार लटिनाथबाट गोकुलेश्वरतर्फ जाँदै गरेको जिप चालकले रोकेर भाडा संकलन गर्दै गर्दा माथिबाट खसेको ढुंगा लागेर जिपमा क्षति पुगेको छ।

ढुंगा लागेर बोलेरो जिपको अगाडि र स्कारपियोको पछाडिको भागमा क्षति पुगेको सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताए।

स्थानीयका अनुसार ८८ वर्षदेखि रिलमा पहिरो गइरहेको छ। रिल पहिरोका कारण दार्चुलाको मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिका जोड्ने बिटुले लटिनाथ पारिबगर खण्डेश्वर सडक सञ्चालनमा समस्या भइरहेको मार्मा गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष पुष्करसिंह बिष्टले बताए। 

‘पहिरोका कारण वडा नम्बर ३ को सल्लेथुम वस्ती जोखिममा छ,’ अध्यक्ष विष्टले भने, ‘स्थानीय रनबिर सिंह बिष्टको घर पनि जोखिममा छ।’

Shivam cement

मार्मा गाउँपालिका वडा नम्बर ३ रिलमा विसं १९९० सालको भूकम्पका कारण पहिरो गएको थियो। बेलाबेलामा पहिरो खसिरहने भएकाले सो क्षेत्रको नाम रिल पहिरो रहन गएको विष्टले बताए।

प्रकाशित: Sep 21, 2021| 17:58 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।