बिहीबार, भदौ ४, २०८३

लागुऔषध चरेशसहित नौजना पक्राउ

हस्तकलाका सामग्रीभित्र लागुऔषध चरेश राखेर ओसारपसार गर्दै आएका नौजना पक्राउ परेका छन्।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं -हस्तकलाका सामग्रीभित्र लागुऔषध चरेश राखेर ओसारपसार गर्दै आएका नौजना पक्राउ परेका छन्।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेश राखेर ओसारपसार गर्दै आएका म्याग्दीका श्यामप्रसाद रोका, बीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माईला भनिने कृष्णबहादुर तामाङ, नुवाकोटका सेसे भनिने उर्पा तामाङ र बीरबहादुर तामाङलाई सार्वजनिक गरेको हो।

उनीहरुको साथबाट कतार पठाउन हस्तकलाको सामानमा प्याक गरि राखेको सात केजी ६१४ ग्राम चरेश बरामद गरिएको पनि ब्युरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए। 

हाते कागजका डायरीहरुमा सो चरेश बरामद गरेर कतारलगायतका मुलुकहरुमा सो गिरोहले पठाउने गरेको पाइएको पनि ब्युरोले जनाएको छ। यसअघि उनीहरुले यसरी नै अचारको भाडोमा समेत चरेश राखेर भारत हुँदै हङकङ, थाइल्याण्ड, टर्की लगायतका देशहरुमा पनि लागुऔषधहरु ओसारपसार गर्दै आएको पनि अनुसन्धानमा पाइएको एसएसपी थापाले बताए। 

पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 21, 2021| 17:36 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।