शुक्रबार, भदौ ५, २०८३

परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बनाउने निर्णय

सत्तापक्षीय गठबन्धनको बालुवाटारमा मंगलबार बेलुका बसेको बैठकले डा. खड्‌कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं - नेपाली कांग्रेसका सांसद् डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय भएक छ। सत्तापक्षीय गठबन्धनको बालुवाटारमा मंगलबार बेलुका बसेको बैठकले डा. खड्‌कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। 

उनका अनुसार संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा हुने सार्क राष्ट्रको मन्त्रिस्तरीय साइडलाइन बैठकमा सहभागी गराउनुपर्ने भएकोले गठबन्धनले खड्कालाई मन्त्री बनाउने निर्णय गरेको हो। 

गठनबन्धनको बैठकमा सहभागी एक नेताका अनुसार खड्‌काको शपथ ग्रहण बुधबार गराइने भएको छ। बैठकमा नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली काँग्रेस महामन्त्री पूर्ण बहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चा  उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति रहेको छ

सेप्टेम्बर १५ देखि सुरु भएको राष्ट्रसंघको ७६ औं महासभाको जनरल डिबेट मंगलबारदेखि सुरु हुँदैछ। यसअघि राष्ट्रसंघको महासभामा को जान्‍ने भन्‍ने विषयमा सरकारले टुंगो लगाउन नसक्दा आलोचना भएको थियो।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पनि राष्ट्रसंघको ७६ औं महासभामा सहभागी हुनका लागि प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको थियो।


प्रकाशित: Sep 21, 2021| 20:45 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...