बिहीबार, भदौ ४, २०८३

विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाइ विदेशी मुद्रा अवैध रुपमा बाहिरी मूलक लैजान खोज्ने दुई जना पक्राउ परेका छन्।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाइ विदेशी मुद्रा अवैध रुपमा बाहिरी मूलक लैजान खोज्ने दुई जना पक्राउ परेका छन्। 

नेपाल एयरलाइन्सको उडान नं. आरए२२९ द्वारा काठमाण्डौँबाट दुबई जान लागेका गुल्मी छत्रकोट गा.पा.वडा नं. ४ का ३९ वर्षीय तुलसीराम कँडेललाई प्रहरीले पक्राउ गरेको हो।

ब्यागेज चेकिङ एरियामा प्रहरीले चेकजाँच गर्ने क्रममा कँडेलको लगेजभित्र साउदी रियाल पचास हजार, दुबई दिराम तीन सय असी र नेपाली रुपैयाँ सोह्र हजार प्रहरीले बरामद गरेको थियो। 

उनलाई सोधपुछ गर्दा सो मुद्राहरु गुल्मीका ३८ वर्षीय केशबराज कँडेलले दिइ पठाएको बयान दिएका थिए। केशबराजलाई पनि प्रहरीले अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान कक्ष बाहिरपट्टिको एरियाबाट नियन्त्रणमा लिएको थियो। दुबैलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारबाहीको लागि बरामदसहित राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ।

प्रकाशित: Sep 21, 2021| 20:12 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।