आइतबार, मंसिर २८, २०८२

शिक्षक सरुवा विवादमा शिक्षा इकाई प्रमुखमाथि हातपात!

शिक्षक सरुवा विवादको विषयलाई लिएर एक अवकाशप्राप्त शिक्षकले शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुखमाथि हातपात गरेका छन्।
 |  मंगलबार, असोज ५, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

मंगलबार, असोज ५, २०७८

जनकपुरधाम- शिक्षक सरुवा विवादको विषयलाई लिएर एक अवकाशप्राप्त शिक्षकले शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुखमाथि हातपात गरेका छन्। अवकाश प्राप्त शिक्षक वेचनका छोरा माधव राय यादव राहत कोटामा सहिदनगर नगरपालिकास्थित एक विद्यालयमा काम गर्दै आइरहेका छन्। 

National life

आफ्नो छोराको सरुवाको विषयमा कुराकानी गर्न पुगेका वेचनले इकाई प्रमुख ज्ञवालीमाथि हातपात गरेका हुन्। मंगलबार दिउँसो सहिदनगर नगरपालिका १ स्थित मतौना राष्ट्रिय आधारभूत विद्यालयका राहत कोटामा खट्दै आएका शिक्षक माधवका बुवा वेचनले आफ्नो छोरासहितका शिक्षकलाई कानुन विपरित सरुवा गरिएको गुनासो लिएर गएका बेला प्रमुख ज्ञवालीमाथि हातपात गरेका थिए।

कार्यालय कर्मचारी तथा शिक्षकहरुका अनुसार अवकाश प्राप्त शिक्षक समेत रहेका वेचन आफ्ना छोराको सरुवासम्बन्धी समस्या लिएर आएको बेला प्रमुख ज्ञवालीले उनको कुरा नसुनेर कार्यालयबाट निस्किन लाग्दा हो-हल्लाको क्रममा हातपात गरेका थिए।

तर, प्रमुख ज्ञवालीले ती अवकाश प्राप्त शिक्षक आएको बेला आफूलाई जिल्ला प्रशासन कार्यालयको बैठकमा ढिलो भइरहेका कारण कार्यालयबाट निस्किनै लागेपछि हल्लाखल्ला भएको तर आफूमाथि हातपात भएको कुरो सत्य नरहेको दाबी गरे।

माधवको बुबा वेचनले कानुन विपरीत गरिएको सरुवा बदर र वक्यौता तलबको मांग गर्न समन्वय इकाई समितिमा जाँदा प्रमुखसँगको विवादको क्रममा धक्कामुक्कीको क्रममा हात हालाहाल भएको बताए। उनले भने, 'आफू गुनासो लिएर जिल्ला प्रशासन कार्यालय, नगरपालिका र समन्वय इकाईमा कयौं पटक निवेदन दर्ता गराए पनि हालसम्म पहल हुन नसक्दा मंगलबार पुनः जाँदा आफ्नो गुनासो सुन्‍न नमानेपछि विवाद भएको बताए।

Laxmi sunrise bank
kumari

सहिदनगर नगरपालिका शिक्षा इकाई समितिले सो विद्यालयमा कार्यरत राहत शिक्षक माधव यादवलाई सोही वडाका कुम्भकर्णस्थित विद्यालयमा र भरत प्रसाद यादवलाई बेमरखीमा सरुवा उनको ठाउँमा जिल्लान्तर सरुवा भइ आएका काभ्रेपलाञ्चोकबाट रन्धीर कुमार यादव र डडेलधुराबाट वकिल राय यादवलाई राख्दा विवाद उत्पन्‍न भएको हो।


प्रकाशित: Sep 21, 2021| 20:07 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।