सोमबार, माघ ५, २०८२

नेपाल समूह चरणबाट बाहिरियो (तस्बिरहरु)

बलियो टोली हङकङसँग बराबरी खेलेपछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं- बलियो टोली हङकङसँग बराबरी खेलेपछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ।

National life

उज्वेकिस्तान मंगलबार भएको छनोट दोस्रो खेलमा नेपाल हङकङसँग गोल रहित बराबरी खेल्दै अंक बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो। दुई खेलबाट १ अंक जोडेको नेपाल अघिल्लो चरण पुग्‍नका लागि हङकङविरुद्ध जित्‍नैपर्ने दबाब रहेको थियो। तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझाउँदा छनोटबाटै बाहिरिएको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले हङकङलाई दबाब दिएर खेले पनि पाएका केही राम्रा अवसर सदुपयोग गर्न सकेन। 



नेपालले पहिलो पटक हङकङसँग बराबरी खेलेको हो। यस अघिको दुई भेटमा नेपालले नतिजा सुम्पिएको थियो। सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १–० ले पराजित भएको थियो भने १९८९ मा भएको दोस्रो भेटमा ३–० ले पराजित भएको थियो।

Laxmi sunrise bank
kumari

छनोटको पहिलो खेलमा नेपालले सुरुवाती अग्रता अन्तिम मिनेटमा कायम राख्न नसक्दा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो। उक्त खेलमा नेपालविरुद्ध फिलिपिन्सले बराबरी र इन्जुरी समयमा दोस्रो गोल गर्दै रोमाञ्चक जित निकालेको थियो। 

नेपालसँग बराबरीमा रोकियो छनोट हुने सम्भावना भने अझै कायमै छ। हङकङले अब अन्तिम खेलमा फिलिपिन्ससँग खेल्नेछ। उक्त खेलमा हङकङले सुखद नतिजा निकाले हङकङको अघिल्लो चरणको यात्रा तय हुनेछ भने पराजित भएको खण्डमा फिलिपिन्स अर्को वर्ष भारतमा हुने एसियन कपमा सहभागि हुने मौका पाउनेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।




प्रकाशित: Sep 21, 2021| 19:36 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।