सोमबार, असार २२, २०८३

नेपालले सेप्टेम्बर २६ मा ओमनसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले सेप्टेम्बर २६ मा ओमानको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं - नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले सेप्टेम्बर २६ मा ओमानको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

मैत्रीपूर्ण खेल दोहास्थित कतार विश्वविद्यालय फुटबल मैदानमा साँझ ७ बजे हुने एन्फाले जनाएको छ। 

माल्दिभ्समा अक्टोबर १ बाट सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि राष्ट्रिय टोली कतारमा बन्द शिविर प्रशिक्षणमा छ।

च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार कतार प्रस्थान गर्दैछ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षणका लागि कतार प्रस्थान गर्ने नेपाली टोलीलाई विदाई गर्न लागेको हो। नेपालले कतारमा १६ दिन प्रशिक्षण गर्नेछ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको राजधानी मालेमा हुनेछ। साफमा नेपालसहित बंगलादेश, माल्दिभ्स, भारत र श्रीलंकाको सहभागी हुनेछन्। कोरोनाका कारण भुटानले नाम फिर्ता लिएको छ भने फिफा प्रतिबन्धका कारण पाकिस्तानले सहभागिता जनाउन पाउने छैन। 

प्रकाशित: Sep 21, 2021| 21:07 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।