काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री सुनील थापाले कैलालीका १२५ जनाको क्रियाशील सदस्यता तत्कालका लागि थाती राख्न माग गरेका छन्। मंगलबार थापाले कांग्रेस कार्यालयका मुख्यसचिवलाई पत्र लेख्दै यस्तो आग्रह गरेका हुन्।
'कैलालीका १२५ जना क्रियाशील सदस्यको पेस भएको नामावली हाललाई थाती राखि १४औँ महाधिवेशनको क्रियाशील सदस्यमा समावेश नगरिदिनु भई कैलाली जिल्लामा नामावली नपठाइदिनुहुन अनुरोध गर्दछु,' सहमहामन्त्री थापाले मुख्यसचिवलाई लेखेको पत्रमा उल्लेख छ।
तत्कालीन राप्रपाबाट कांग्रेसमा आएका सदस्यहरूका सम्बन्धमा सहममन्त्री थापाले असन्तुष्टि जाहेर गरेका हुन्। आमन्त्रित केन्द्रीय सदस्य आशाराम चौधरीको समेत यसमा अनुरोध रहेको पत्रमा उल्लेख छ।
पूर्वप्रधानमन्त्री स्व सूर्यबहादुर थापाका छोरा सुनील राप्रपाबाट कांग्रेस प्रवेश गरेका नेता हुन्।