राज्य नै पीडकहरूलाई संरक्षण गर्न लागिपरेको अवस्थामा कसरी निष्पक्ष र स्वतन्त्र अनुसन्धान थाल्ने होला भनी म उपायहरू खोजिरहेकी छु। धेरै द्वन्द्वपीडितहरू यही प्रश्नको उत्तर खोजिरहेका छन्।
समायोजनमा असन्तुष्ट कर्मचारीले गरेको विरोध र सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशका कारण विज्ञापन आह्वान, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका काम अवरुद्ध भएका छन्।
मन्त्री खड्का शपथ लिएलगत्तै अमेरिका जान लागेकाे उच्च सरकारी स्राेतले जानकारी दियो। खड्का संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।
राबिया आफ्नो नवजात शिशुलाई काखमा बिस्तारै-बिस्तारै थपथपाइरहेकी थिइन्। अफगानिस्तानको पूर्वी क्षेत्र नन्गरहार प्रान्तमा एक सानो अस्पतालमा केही दिन पहिले रबियाले शिशु जन्माएकी हुन्।
मृत्यु हुनेमा २१ वर्षीया भावना, १४ वर्षीया गंगा र जमुना परियार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।