शुक्रबार, भदौ ५, २०८३

स्वास्थ्य सम्बन्धी दुई विधेयक संसद्‍मा पेस गरिने

सरकारले स्वास्थ्य सम्बन्धी दुई विधेयक संसद्‍मा पेस गर्ने तयारी गरेको छ।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं– सरकारले स्वास्थ्य सम्बन्धी दुई विधेयक संसद्‍मा पेस गर्ने तयारी गरेको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न र औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसद्‍मा पेस गर्ने निर्णय गरेको हो।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको स्वास्थ्य सम्बन्धी तीनवटा अध्यादेश समयमा नै संसद्‍मा पेस हुन नसकेपछि गत बुधबारदेखि निष्क्रिय भएको  थियो। त्यसपछि अध्यादेशलाई विद्ययकका रूपमा संसद्‍मा पेस गर्ने निर्णय गरेको हो।

कोभिड – १९ संकट व्यवस्थापन अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश निष्क्रिय भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को मंगलबारको बैठकको निर्णय सुनाउँदै कार्कीले कोभिड– १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए।

प्रकाशित: Sep 22, 2021| 10:28 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...