शुक्रबार, भदौ ५, २०८३

म कुनै गुटको पक्षमा छैन, सभापतिको उम्मेदवार पनि होइनः गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले पार्टीभित्रका कुनै गुटको पक्षमा वकालत नगरेको बताएका छन्।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले पार्टीभित्रका कुनै गुटको पक्षमा वकालत नगरेको बताएका छन्। पार्टी एकीकरण गर्दा सिंगो कांग्रेसमा गरेको भन्दै उनले कुनै गुटमा नआएको बताए। 

उनले नेताहरु मिलेर पार्टी बलियो बनाउन् भन्ने पक्षमा आफू रहेको बताए। ‘कोही नेताको पक्षमा छैन। बोलेको पनि छैन। म कांग्रेसको कुनै गुटमा आएको होइन। नेताहरु मिलुन् र पार्टी बलियो होस्,’ उनले भने, ‘म एकता र मेलमिलापको पक्षमा छु। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मिलेर अघि बढ्नुस् भन्ने आग्रह गरिआएको छु।’

उनले आफू सभापति पदको प्रतिस्पर्धा नगर्ने स्पष्ट पारे। ‘म सभापति पदको उम्मेदवार होइन। कुनै सोचाइ पनि छैन। बाँकी तपाईंहरु बुझ्ने कुरा हो,’  उनले भने।

ललिता निवास प्रकरणमा मुछिएका गच्छदारले आज (बुधबार) पत्रकार सम्मेलन गरेका थिए।

प्रकाशित: Sep 22, 2021| 14:33 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...