काठमाडौं– मन्त्रीमण्डलमा एक जना सदस्य थपिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले डा. नारायण खड्कालाई मन्त्री नियुक्त गरेकी हुन्। खड्काले परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्नेछन्।
सत्ता गठबन्धनको हिजो मंगलबार बसेको बैठकले खड्कालाई मन्त्री बनाउने निर्णय गरेको थियो। देउवाको नेतृत्वमा गत असार २९ गते सरकार गठन भएको थियो।