शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्रीको टुंगो लगाउने तयारीमा माओवादी केन्द्र, यी हुन् सम्भावित नाम

मन्त्रीको टुंगो लगाउने तयारीमा माओवादी केन्द्र, यी हुन् सम्भावित नाम

नेकपा माओवादी केन्द्रले मन्त्रीहरुको नाम टुंगो लगाउन छलफल तीव्र बनाएको छ। त्यसका लागि उसले स्थायी कमिटीको बैठक डाकेको छ।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रले मन्त्रीहरुको नाम टुंगो लगाउन छलफल तीव्र बनाएको छ। त्यसका लागि उसले स्थायी कमिटीको बैठक डाकेको छ।

आज बुधबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंगो लगाउने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेपाल समयलाई जानकारी दिए। 

माओवादीको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको छ। दुई मन्त्री नियुक्त भइसकेकाले आजको बैठकमा थप तीन जनाको नामका विषयमा छलफल गर्न लागिएको नेता पौडेलले जानकारी दिए । ‘सिट थोरै छ तर आकांक्षी धेरै छन्। त्यसैले स्थायी कमिटीको बैठक नै राखेर मापदण्ड बनाएर मन्त्री छनोट गर्ने तयारी भएको हो,’ उनले भने। 

आकांक्षी धेरै हुँदा मन्त्री हुनेको नाम टुंग्याउन माओवादीमा सकस देखिएको छ। यसअघि मन्त्री नभएका तथा भूगोल र समावेशिताका आधारमा मन्त्री चयन गर्ने तयारी भएको नेता पौडेलले बताए। माओवादीमा नारायणकाजी श्रेष्ठ, मातृका यादव, देवेन्द्र पौडेल, सुदन किराँती, शिवकुमार मण्डल, हरिबोल गजुरेलसहितका नेताहरु मन्त्रीका आकांक्षी छन्। त्यसमध्ये नारायणकाजी, देवेन्द्र पौडेल र शिवकुमार मण्डलको सम्भावना बलियो रहेको एक नेताको दाबी छ। 

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले तत्काल सरकारमा सहभागी नहुने संकेत गरेपछि माओवादी केन्द्र र नेपाली कांग्रेसले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरु पठाउने तयारी गरेका हुन्। मंगलबार सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको थियो। उक्त छलफलमा एकीकृत समाजवादी र जनता समाजवादीले केही दिनपछि मात्रै सरकारमा सहभागी हुने बताएका थिए । तर, मन्त्रालय भागबन्डाको विषयमा भने सहमति भएको थियो। 

सोही सहमतिपछि प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसबाट डा. नारायण खड्कालाई नियुक्त गर्ने निर्णय गरेका थिए। कांग्रेसको आज बस्ने पदाधिकारी बैठकमा थप मन्त्री छान्ने विषयमा छलफल हुँदैछ। 



प्रकाशित: Sep 22, 2021| 13:07 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...