बिहीबार, असोज २२, २०८३

विश्वकै शान्त कोठा, जहाँ आफ्नै मुटुको धड्कन र हड्डीको आवाज सुनिन्छ

शान्ति हामी जोकोहीलाई मन पर्छ। शान्त वातावरणमा म एकाग्र हुन्छ। शान्त वातावरणमा सहजै काम गर्न सकिन्छ। आज विश्वकै शान्त कोठाको चर्चा गर्न गइरहेका छौं।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं- शान्ति हामी जोकोहीलाई मन पर्छ। शान्त वातावरणमा मन एकाग्र हुन्छ। शान्त वातावरणमा सहजै काम गर्न सकिन्छ।

आज हामी विश्वकै शान्त कोठाको चर्चा गर्न गइरहेका छौं। यो कोठा माइक्रोसफ्टको अफिसमा छ। यसभित्र जाँदा शरीरको रक्त प्रवाहको आवाज पनि सुनिन्छ। त्यसैले यस कोठालाई विश्वकै सबैभन्दा शान्त भनिएको हो। यसको डिजाइन निकै मिहिनेतका साथ गरिएको छ। बाहिरको हल्ला भित्र प्रवेश नै नहुने गरी यसको निर्माण गरिएको छ।

यस कोठाभित्र प्रवेश गर्दा आफ्नै मुटु धड्केको आवाज पनि सुन्न सकिन्छ। यसभित्र आफ्ना हड्डी एकआपसमा घर्षण हुँदाको आवाज पनि सुन्न सकिन्छ। 

यो कोठा अमेरिकाको वाशिंटनस्थित माइक्रोसफ्टको हेर्डक्वार्टरमा छ। यस रूममा थुप्रै विशेष चिजको प्रयोग गरिएको छ। जसले गर्दा बाहिरको कुनै आवाज भित्र छिर्न पाउँदैन।

भित्रको आवाजलाई मार्नका लागि पनि विशेष उपकरण लगाइएको छ। यस कोठामा कुनै सानो आवाज निकाल्दा पनि निकै ठूलो स्वर सुनिन्छ। त्यसैले यसलाई एनेकोइक रूम पनि भनिन्छ। यस रूमको हुन्डराज गोपालले डिजाइन गरेका हुन्।

हुन्डराजका अनुसार यस कोठामा प्रवेश गर्दा कानमा अनौठो आवाज आउँछ र बहिरोपन जस्तो महसुस हुनथाल्छ। हाम्रो कानमा सधैँ कुनै न कुनै प्रकारको ध्वनि सुनिरहेको हुन्छ। कानको पर्दामा सधैँ हावाले दबाब बनाइरहेको हुन्छ। यस कोठामा प्रवेश गर्दा कानमा हावाको प्रेसर हुँदैन। त्यसैले यो रूममा आउँदा बहिरोपनको महसुस हुन्छ।

यस घरलाई कंक्रिट र स्टीलको ६ पत्रमा बनाइएको छ। यसलाई बनाउनका लागि करिब डेढ वर्ष समय लागेको थियो। यो कोठाको नाम विश्वकै शान्त कोठाको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि समावेश छ।

प्रकाशित: Sep 22, 2021| 12:02 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।