शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नारायण खड्का : भट्टराई प्रधानमन्त्री हुँदा सल्लाहकार, देउवाका पालामा परराष्ट्रमन्त्री

नारायण खड्का : भट्टराई प्रधानमन्त्री हुँदा सल्लाहकार, देउवाका पालामा परराष्ट्रमन्त्री

विसं २०७० मा उनी सहरी विकासमन्त्री थिए भने २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका परराष्ट्र सल्लाहकार थिए।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं- परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो। विसं २०२३ मा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्।

विसं २०६४ मा उदयपुर–१ बाट संविधानसभा सदस्य निर्वाचित भएका उनी २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। 

सोही स्थानबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित डा खड्का अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्य छन्। विसं २०७० मा उनी सहरी विकासमन्त्री थिए भने २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका परराष्ट्र सल्लाहकार थिए।

उनले २०५७ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसक्केका छन्। राजनीतिक आन्दोलनका क्रममा काठमाडौँ र विराटनगरमा पटकपटक पक्राउ परेका विभिन्न समयमा पाँचपटक जेल पनि परेका थिए।  

राजनीतिसँगै अध्ययन र समाजसेवमा विशेष रुचि राख्ने मन्त्री खड्का चार दशकदेखि राजनीतिमा सक्रिय छन्। अर्थशास्त्रमा विद्यावारिधि गरेका उनी नेपाली कांग्रेसका 'प्रभावशाली' नेता मानिन्छन्। उनी संविधानसभा पदकलगायत विभिन्न पदकबाट सम्मानित भइसकेका छन्।

परराष्ट्रमन्त्रीका रूपमा शपथ लिएपछि खड्काले कार्यभार सम्हाल्दै आफ्नो भ्रमणको एजेन्डामा एमसीसी नरहेको बताएका छन्। उनले पदभार ग्रहणका क्रममा भने, ‘म राष्ट्रसंघ महासभामा भाग लिन जान लागेको हुँ, एमसीसी प्राथमिकताको सूचीमा छैन।’ नेपालमा एमसीसी सम्झौताबारे विवाद छ।

उनले एमसीसी लगायतका विषयमा अध्ययन गरेर अघि बढ्ने उनले बताए। ‘एमसीसीबारे राष्ट्रिय हित, सार्वभौमसत्ता र सुरक्षालाई ख्याल राखेर अघि बढ्छु’, उनले भने। परराष्ट्र नीति दल विशेषको नहुने उनको भनाइ थियो। उनले सबै मुलुकसँग घनिष्ठ र सन्तुलिन सम्बन्ध कायम राख्दै अघि बढ्ने पनि बताए। 

प्रकाशित: Sep 22, 2021| 15:12 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...