काठमाडौं– नेपाल नगरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त भएका छन्।
३४ वर्ष हवाई उड्डयन क्षेत्रमा सेवा गरेका क्षेत्री १२ औं तहमा उपमहानिर्देशकको जिम्मेवारीमा कार्यरत थिए। महानिर्देशक राजन पोखरेलले राजीनामा दिएपछि क्षेत्री निमित्त महानिर्देशक भएका हुन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशक तोकेको हो।
प्राधिकरणमा महानिर्देशक पद रिक्त हुने भएपछि सो पदमा नियुक्तिका लागि दौडधुप ५। महानिर्देशकको दौडमा राष्ट्रिय गौरवअन्तर्गतका आयोजना प्रमुख प्रदीप अधिकारी, विमानस्थल कार्यालयका प्रमुख प्रतापबाबु तिवारी, प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्री र उपमहानिर्देशक भोला गुरागाइँ ‘लबिङ’मा छन्।
०७६ असार १३ गते महानिर्देशक नियुक्ति भएका पोखरेलले १२ औं तहको ६ वर्ष अवधि पूरा गर्दै पदबाट अवकाश हुन लागेका हुन्। महानिर्देशको कार्यकाल ४ वर्षको भए पनि प्राधिकरणको १२ औं तहमा बढुवा भएपछि ६ वर्षसम्म पदममा रहन पाउने व्यवस्था छ।