शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ललिता निवास प्रकरणमा म दोषी छैन, राजनीतिक जीवन समाप्त पार्न खोजियोः गच्छदार

ललिता निवास प्रकरणमा म दोषी छैन, राजनीतिक जीवन समाप्त पार्न खोजियोः गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा खरिद–बिक्री प्रकरणमा आफू दोषी नरहेको प्रस्टीकरण दिएका छन्।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा खरिद–बिक्री प्रकरणमा आफू दोषी नरहेको प्रस्टीकरण दिएका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर गच्छदारले ललिता निवास प्रकरणमा जोडेर आफ्नो राजनीतिक जीवन समाप्त पार्न लागिएको गुनासो गरे।

उनले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार विभिन्न तहबाट आएको प्रस्तावलाई मन्त्रिपरिषद्‍मा आफूले लगेको भन्दै मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहले आफूलाईमात्र फसाउन खोजिएको बताए । उनले राजनीतिक पूर्वाग्रह राखेर केही व्यक्तिलाई उन्मुक्ति दिइएको आरोप समेत लगाए। 

‘मेरो आधा शताब्दी लामो राजनीतिक करिअरमा आक्रमण गरी ध्वस्त पार्ने प्रयास भयो। ललिता निवास प्रकरणमा तानेर मेरो राजनीति समाप्त पार्ने प्रयास भयो। अख्तियारले गैरकानुनी रुपमा मलाई मुद्दा चलाएको छ। जीवनभर स्वतन्त्रताका लागि लडेको ममाथि झुठा मुद्दा लगाएर राजनीति ध्वस्त पार्ने काममा अख्तियार नै लाग्यो,’ उनले भने। 


उनले आफूलाई मुद्दा लगाएर अरुलाई चोख्याइएको बताए। ‘मन्त्रिपरिषद्को सामूहिक निर्णयको विषयमा सम्बन्धित मन्त्रीले मन्त्रिपरिषद्‍मा फाइल लगेकै भरमा मुद्दा चलाइनु गलत हो। मलाई मुद्दा लगाएर कसैकसैलाई चोख्याउने काम भएको छ,’ उनले भने, ‘ममाथि प्रतिशोध नै साँधिएको हो। यो कुनै प्रसंगमा मसँग जोडिएको विषय होइन। ममाथिको आरोप असान्दर्भिक हो।’


प्रकाशित: Sep 22, 2021| 14:20 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...