शनिबार, असोज १७, २०८३

नौ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य नौ सय रुपैयाँले बढेको छ।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य नौ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार ८९ हजार दुई सयमा कारोबार भएको थियो। आज नौ सयले बढेर ९० हजार एक सय तोकिएको महासंघले जनाएको छ। 

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० कायम गरिएको छ। तेजाबी सुन मंगलबार प्रतितोला ८८ हजार ७५० मा कारोबार भएको थियो। 

महासंघका अनुसार चाँदीको मूल्य मंगलबारको तुलनामा आज प्रतितोला २५ ले बढेको हो। चाँदी मंगलबार प्रतितोला एक हजार १४० मा कारोबार भएको थियो। चाँदीको मूल्य आज प्रतितोला एक हजार १६५ तोकिएको छ। 

प्रकाशित: Sep 22, 2021| 12:16 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्