शुक्रबार, भदौ ५, २०८३

अमेरिका भ्रमणमा एमसीसी प्राथमिकतामा छैन : परराष्ट्रमन्त्री

नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिका भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषय प्राथमिकतामा नरहने बताएका छन्।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं– नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिका भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषय प्राथमिकतामा नरहने बताएका छन्। खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन बुधबार साँझ न्युयोर्क जाने कार्यक्रम छ। उनले बुधबार नै पद तथा गोपनीयताका शपथ लिएका छन्। 

मन्त्री खड्का महासभामा भाग लिनेछन् भने सार्क मुलुकका परराष्ट्रमन्त्रीहरुसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम छ। उनले आफ्नो भ्रमणको एजेन्डामा एमसीसी नरहेको बताए। उनले पदभार ग्रहणका क्रममा भने, ‘म राष्ट्रसंघ महासभामा भाग लिन जान लागेको हुँ, एमसीसी प्राथमिकताको सूचीमा छैन।’ नेपालमा एमसीसी सम्झौताबारे विवाद छ।

उनले एमसीसी लगायतका विषयमा अध्ययन गरेर अघि बढ्ने उनले बताए। ‘एमसीसीबारे राष्ट्रिय हित, सार्वभौमसत्ता र सुरक्षालाई ख्याल राखेर अघि बढ्छु’, उनले भने। परराष्ट्र नीति दल विशेषको नहुने उनको भनाइ थियो। उनले सबै मुलुकसँग घनिष्ठ र सन्तुलिन सम्बन्ध कायम राख्दै अघि बढ्ने पनि बताए। 

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले  खड्कालाई मन्त्री नियुक्त गरेकी हुन्। सत्ता गठबन्धनको हिजो मंगलबार बसेको बैठकले खड्कालाई मन्त्री बनाउने निर्णय गरेको थियो। देउवाको नेतृत्वमा गत असार २९ गते सरकार गठन भएको थियो।


प्रकाशित: Sep 22, 2021| 14:35 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...