अफगानिस्तानमा अज्ञात बन्दुकधारीहरुले तालिबानि लडाकूलाई लक्षित गर्दै आक्रमण गरेका छन्। बन्दुकधारीले चलाएको गोली लागेर दुई तालिबानी लडाकूसहित तीनजनाको मृत्यु भएको छ।
अमेरिकाले अनुदानमा दिइने खोपलाई आगामी जनवरीदेखि ढुवानी गर्न सुरु गर्नेछ। 'जनवरीदेखि अर्को वर्षको सेप्टेम्बरसम्ममा अमेरिकाले ८० करोड खोपहरू विश्वभर पठाउनेछ,' उनले भने।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको 'विसं २०७२ सालमा नेपालको संविधान जारी गर्दा भारतले धम्काएको' भन्ने उल्लेख गर्दै पेस गरेको राजनीतिक प्रतिवेदन विवादित बनेको छ।
१५औँ सम्मेलन पोखरामा गर्ने तय भएको बार उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्। ‘राष्ट्रिय कानुनी शासन र संवैधानिक सर्वोच्चता : व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा रहेको छ।
बुधबार पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्।
क्वाड सदस्य राष्ट्रका सरकार प्रमुखको भौतिक उपस्थितिमा हुन लागेको यो पहिलो क्वाड शिखर सम्मेलन पनि हो। त्यसैगरि भारतीय प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति बाइडेनबीच २४ सेप्टेम्बरमा भेटवार्ता हुने भएको छ।
अफगानिस्तानमा कब्जा गरेको तालिबान सरकारले संयुक्त राष्ट्रसंघको ७६ औं महासभाको जनरल डिबेटमा सम्बोधनका लागि माग गरेको राष्ट्रसंघका प्रवक्ता स्टेफान डुजारिकले जनाएको छ।