बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। नेपालका लागि चीनका यान्छीले बुधबार जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग शिष्टाचार भेट गरेकी हुन्। 

भेटका क्रममा दुबैबीच नेपाल–चीन सम्बन्धका साथै जनमुक्ति सेना र नेपाली सेनाबीचको सम्बन्ध र सहकार्यबारे छलफल भएको बताइएको छ।

चिनियाँ राजदूतसँगको भेटबाट नेपाल–चीन सम्बन्धलाई अझ सुमधुर एव सुदृढ बनाउन मद्दत पुग्‍ने विश्वास प्रधानसेनापति शर्माले व्यक्त गरेको बताइएको छ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भदौ २४ बाट लागु हुने गरि प्रधानसेनापतिमा नियुक्त भएका थिए। पूर्णचन्द्र थापाले अवकाश लिएपछि शर्मा प्रधानसेनापतिमा नियुक्त भएका हुन्। 

प्रकाशित: Sep 22, 2021| 21:30 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।